बोइङ दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले मागे २५ अर्ब डलर क्षतिपूर्ति

बोइङ दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले मागे २५ अर्ब डलर क्षतिपूर्ति

अर्थ चौतारी

बोइङ दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले मागे २५ अर्ब ...

A A- A+

वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी  बोइङ्को   दुई वटा ७३७ म्याक्स विमानमा परेर ज्यान गुमाउने यात्रीहरूको परिवारले कम्पनीसँग झन्डै २५ अर्ब डलर क्षतिपूर्ति मागेका छन् । अमेरिकाको उड्ययन इतिहासमा सबैभन्दा बढी जनाको ज्यान जाने गरी भएको दुर्घटनाका लागि पीडितका परिवारले अभियोजनकर्तासँग बोइङलाई २४ अर्ब ८० करोड डलर जरिवाना तिराउन भनेका हुन् ।रकम उचित भएको र बोइङको अपराधका कारण भएको  मानवीय क्षतिलाई विचार गर्दा उपयुक्त पनि भएको पीडितका परिवारतर्फका वकिल पल कासेलले बताए । बीबीसीले देखेको ३२ पृष्ठ लामो पत्रमा अमेरिकी सरकारले ३४६ जनाको ज्यान जाने गरी सन् २०१८ र सन् २०१९ मा भएको ती दुर्घटनामा कम्पनीमाथि मुद्दा चलाउनु पर्ने बताइएको छ ।सन् २०१८ को अक्टोबरमा जकार्ताबाट उडेको १३ मिनेटमै जाभा समुद्रमाथि लायन एयरको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । त्यसको ५ महिनामै इथियोपियन एयरलाइन्सको विमान राजधानी एडिस आबाबाबाट उडेको ६ मिनेटमै दुर्घटना ग्रस्त हुँदा विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । फ्लाइट कन्ट्रोल सिष्टममा त्रुटिका कारण ती दुर्घटना भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?