लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

अर्थ चौतारी

लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

A A- A+

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथि आजदेखि छलफल सुरु हुँदैछ । प्रदेश सभाको १४ औँ बैठकमा आज दिउसो १ बजे  आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्यायको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको  छ।प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले  बैठकमा बजेटमाथि छलफल सुरु हुने  बताए । यस्तै आजको बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन, २०८१ सभामा पेस गर्ने कार्यसूची रहेको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि असार १ गते  ३८ अर्ब ९७ करोड ९५ लाख रुपियाँ बजेट छुटाएको थियो।यसमध्ये  चालूतर्फ ११ अर्ब २५ करोड अर्थात २८ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड अर्थात् ६३ प्रतिशत छुट्याइएको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड अर्थात् ८ प्रतिशत बजेट विनियोजन गरिएको अर्थ मन्त्री आचार्यले प्रदेशसभा जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?