काठमाडौँ-टी–२० विश्वकप क्रिकेट अन्तर्गत विहीबार विहान भएको खेलमा साविक च्याम्पियन इंग्ल्यान्डले दुई पटकको विश्व विजेता वेस्टइन्डिजमाथि ८ विकेटको प्रभावसालि जित हासिल गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले दिएको १ सय ८१ रनको लक्ष्य इंग्ल्यान्ड १५ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गर्यो।इंग्ल्यान्डको जितमा ओपनर फिल्ट साल्टले ४७ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८७ रनको नटआउट इनिङ खेले। त्यस्तै जोनी ब्यरिस्टोले २६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४८ रनमा अविजित फर्किए। त्यस्तै कप्तान जोस बटलरले २५ रन बनाएर आउट हुँदा मोइन अली १३ रनमा आउट भएका थिए। वेस्टइन्डिजका लागि रोस्टन चेज र आन्द्रे रसेलले समान १–१ विकेट लिए।त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। उसका लागि जोनसन चार्लेसले ३८ रन बनाउँदा निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६–३६ रन बनाएका थिए। त्यस्तै ब्रान्डन किंग्सले २३ रन बनाउँदा सर्फेन रुथफोर्ड २८ रनमा अविजित रहे।इंग्ल्यान्डका लागि जोफ्रा आर्चर, अदिल रसिद, मोइन अली र लियम लिभिङ्स्टोनले समान १–१ विकेट लिए। विश्वकप अन्तर्गत सुपर आठमा आज राती ८ः१५ मा अफगानिस्तान र भारत ब्रिजटाउनमा प्रतिस्पर्धा गर्दै छन्। यसअघि सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई हराएको थियो।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच