रोपेको धान खेतमा धाँजा फाट्यो

रोपेको धान खेतमा धाँजा फाट्यो

अर्थ चौतारी

रोपेको धान खेतमा धाँजा फाट्यो

A A- A+

काठमाडौँ । असार पहिलो सातासम्म पनि मनसुनी वर्षा नहुँदा पश्चिम नेपालका कतिपय पानीका मुहान सुक्न थालेका छन् ।हिउँदमा पनि कम पानी परेको यहाँ लामो खडेरीले पानीका मुहान सुक्दै जान थालेका हुन् । कैलालीको कैलारी गाउँपालिका ९ देवीगञ्जका जञ्जीरु चौधरीले भूमिगत जल सतहको मात्रा घटेको बताए । नल्का र बोरिङबाट थोरै पानी आउन थालेको बताउँदै उनले यहाँ बग्ने नदी नालाका पानी पनि सुकेकेपछि खेतीपाती गर्न मात्रै होइन, बस्तुभाउलाई खुवाउन पनि समस्या भएको सुनाए ।यहाँका बह्रौमास बग्ने मोहना, घुराहा, कटैनी, खुटिया, कान्द्रा, पथरैयालगायत नदीको पानी सुक्न थालेका छन् । साथै भूमिगत जलको रिचार्जको माध्यमको रुपमा रहेका तालतलैया समेत सुकेका छन् । केही साताअघि मात्रै कहिल्यै नसुक्ने धनगढी उपमहानगर क्षेत्रकै ठूलो जाखोर ताल सुकेको धनगढी उपमहानगरपालिका ७ का स्थानीय नन्दलाल रानाले बताए ।अझै केही साता पानी नपरे पानीको हाहाकार भई विकराल अवस्था सिर्जना हुने स्थानीय बताउँछन् ।अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको बेला बर्खे धान खेतीको तयारीमा रहेका किसानहरू अझै चिन्तित बनेका छन् । रोप्नलाई धानको बेर्ना ठिक्क भएपनि पानी नपर्दा किसानहरू अकाश हेरेर दिन कटाउनुपर्ने विवशता थपिएको हो ।कैलालीको कैलारी गाउँपालिका ८ टेढीका किसान भागवानदास चौधरीले एक साताअघि मात्रै बोरिङले सिँचाइ हुने करिब एक विघा जमिनमा रोपाइ गरे । तर पानी नपर्दा र अत्यधिक गर्मीले उनले रोपेको धान खेतमा ठुला–ठुला धाँजा फाटेको छ । भने, रोपेको धान पनि मर्न लागेको बताए । रोपेको धान सिँचाइ गरिसकेको बताउँदै उनले अरू खेतमा भने पानी परेपछि मात्रै रोपाइ सुरु गर्ने सुनाए । धान रोपाइ गरिसकेका कैलालीको गौरीगंगा नगरपालिकाका स्थानीय माघुराम चौधरीले पानी नपर्दे रोपाइ गरेको र गर्मीले धान सुक्न थालेपछि सिँचाइ गर्नुपर्दा हाल पछुतो भइरहेको सुनाए ।उसो त नेपालमा मनसुन भित्रिएको एक साता बितिसकेको छ । तर यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले सुदूरपश्चिम प्रदेशमा आउन अझै समय लाग्ने बताइएको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जनाएको छ ।मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ । साथै बाढी, पहिरोले धनजनको क्षति समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?