काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो ।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले मल्ललाई सैनिक अदालतले बर्खास्त गरेको पुष्टि गरे। ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले बर्खास्त गरेको हो’ केसीले भने सैनिक स्रोतका अनुसार उमेरसम्बन्धी विवादमा मल्ललाई दोषी ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो । मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत थिए ।अमेरिकामै रहेकाले उमेरसम्बन्धी विवादबारे उजुरी परेपछि छानबिनका लागि भन्दैसैनिक मुख्यालय जंगी अड्डाले मल्ललाई फिर्ता बोलाएको थियो । नेपाल फर्किएपछि सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो । कोर्ट अफ इन्क्वाइरीपछि सैनिक अदालत पुगेर उक्त मुद्दा टुंगो लगाइएको हो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच