सरकारले अन्ततः दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार चिकित्सा शिक्षा आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई मेडिकल कलेजको रुपमा सम्बन्धन दिने निर्णय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको आयोगको बैठकको मुख्य एजेण्डा नै बीएण्डसीलाई सम्बन्धन दिने विषय थियो ।बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।गत १२ चैत २०८० मा न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो ।सोहीअनुसार केही दिनअघि सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि काठमाडौँ विश्व विद्यालयले आवश्यक सिफारिस गरिसकेको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच