नगरसभा बैठकमा आउँदा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन बालेनको चेतावनी

नगरसभा बैठकमा आउँदा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन बालेनको चेतावनी

अर्थ चौतारी

नगरसभा बैठकमा आउँदा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन ...

A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका छन् ।आर्थिक वर्ष २०८१ / ८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् ।मेयर शाहले काठमाडौं महानगरपालिकाको नगरसभामा नेपाली कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिए। ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने उल्लेख गरे।‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन,’ उनले लेखेका छन्, ‘जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?