कम पूँजी भएका कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

कम पूँजी भएका कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव

अर्थ चौतारी

कम पूँजी भएका कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव

A A- A+

काठमाडौं । सेयर बजारमा ‘स्पेकुलेटिभ’ प्रवृत्ति हाबी बन्दै गएको छ । यो साता सेयर बजारमा सूचीकृतमध्ये सप्लाई थोरै भएका कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव देखिएको छ ।सेयर बजारमा कम्पनीको फन्डामेन्टल अवस्थाभन्दा सेयर सप्लाई कम भएको र सानो पूँजी भएका कम्पनी पालैपालो कर्नरिङ गरेर मूल्य बढाउने र मूल्य माथि पुगेपछि समूह नै बाहिरिने प्रवृत्ति देखिएको छ ।साताको पाँच कारोबार दिनमध्ये तीन दिन बजार परिसूचक नेप्से बढेर तथा दुई करोबार दिन घटेर बन्द भएको छ । साताभरि समग्रमा बजार परिसूचक नेप्से १.६६ प्रतिशतले बढेर २११२.२९ को बिन्दुमा बन्द भएको छ ।नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार पनि सकारात्मक देखिन्छ । आइतबार ४.५९ अंक र बिहीबार ९.३२ अंकले गिरावट भएको थियो । सोमबार ८.९० अंक वृद्धि भएको नेप्से मंगलबार ३३.१५ अंक र बुधबार ६.३७ अंकले बढेर बन्द भएको थियो ।साताको पाँच कारोबार दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजारमा साताभरि २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।‘ट्रेडिङ’ हाबी भएको बजारमा लघुवित्त, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक उच्च दरमा बढेका छन् भने साताभरि कारोबारमा समेत सोही क्षेत्रले लिड गरेको छ ।

नयाँ सूचीकृते हाइड्रोपावर कम्पनीमा लकइन नखुल्दा सेयर सप्लाई कम हुने र ट्रेडरलाई मूल्यमा कर्नरिङ गर्न सहज हुने गर्छ । त्यस्तै साना पूँजी भएका लघुवित्त र वित्त कम्पनीको समेत सेयर सप्लाई कम हुँदा कर्नरिङ गरेर मूल्य बढाउन सहज हुने भएकाले सीमित अवधिमा धेरै प्रतिफल खोज्नेहरू समूह नै बनाएर यस्ता कम्पनीमा लगानी गरिरहेका छन् ।एउटा मूल्यमा पुर्‍याएपछि उक्त कम्पनीबाट सेयर बिक्री गर्ने र पुनः अर्को कम्पनीमा त्यसरी नै कर्नरिङ गर्दा उक्त समूहको कम्पनीको सेयर मूल्यमा पनि धेरै उतारचढाव भएको छ भने सेयर कारोबार रकम समेत उच्च छ ।

यो साताभरि नेप्सेका उपसूचकमध्ये लघुवित्त उपसूचक सर्वाधिक ८ प्रतिशतले बढेको छ । यस्तै विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै रहेको व्यापार उपसूचक ७.२१ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ६.१२ प्रतिशतले बढेको छ ।यस्तै हाइड्रोपावर उपसूचक ५.१३ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २.२१ प्रतिशत, अन्य उपसूचक १.९६ प्रतिशतले बढेको छ । यता उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक २.२९ प्रतिशतल गिरावट हुँदा अन्य उपसूचक ०.४८७ प्रतिशतले घटेको छ ।बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ उपसूचकमा ०.२६ प्रतिशतको सामान्य वृद्धि हुँदा अरू उपसूचक उल्लेख्य बढे पनि नेप्से परिसूचक भने खासै बढ्न सकेको छैन ।यो साता बजारमा कुल २८ अर्ब ५७ करोड २२ लाखको कारोबार हुँदा त्यसको एक तिहाइभन्दा धेरै कारोबार हाड्रोपावर कम्पनीको मात्रै छ । हाइड्रोपावर कम्पनीहरूको मात्रै ९ अर्ब ७२ करोड ७० लाखको कारोबार भएको छ ।यसतै लघुवित्त कम्पनीहरूको सेयर करिब १७ प्रतिशतले हुने ४ अर्ब ७९ करोड ३२ लाख र फाइनान्स कम्पनीको १२ प्रतिशतले हुने ३ अर्ब ४६ करोड ८७ लाखको कारोबार भएको छ ।बजार पूँजीकरण, सेयर सप्लाईका हिसाबले सबैभन्दा ठूलो बैंकिङ क्षेत्रको भने कुल कारोबारमा ३.७५ प्रतिशत हिस्सा मात्रै छ । यो साताभरि वाणिज्य बैंकहरूको सेयर कारोबार १ अर्ब ७ करोड १७ लाख रुपैयाँको मात्रै भएको छ ।साताभरि सबैभन्दा धेरै सेयर कारोबार हुने कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी हो । यसको मात्रै १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यस्तै सीईडीबी हाइड्रोपावर कम्पनीको ७९ करोड २५ लाखको सेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ७८ करोड २३ लाखको कारोबचर भएको छ ।

सेयर मूल्य धेरै बढ्ने र घट्ने कम्पनीमा पनि सेयर सप्लाई र पूँजी कम भएका कम्पनी छन् । यो सता सबैभन्दा धेरै सेयर मूल्य बढेको कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर सप्लाई १ लाख कित्ता मात्रै छ । कम्पनीको पब्लिक सेयर २ लाख ४४ हजार कित्तामध्ये योजना प्रभावित स्थानीय र कर्मचारीलाई जारी गरिएको आईपीओको लकइन खुलेको छैन । कम्पनीको सेयर मूल्य सातामै ४२ प्रतिशतले बढेको छ ।यस्तै एक सातामा करिब ३२ प्रतिशत सेयर मूल्य बढेको मनकामना स्मार्ट लघुवित्तको साधारण सेयर करिब ४ लाख ७७ हजार कित्ता मात्रै छ ।करिब ३१ प्रतिशतले सेयर मूल्य बढेको बरुण हाइड्रोपावरको संस्थापक र साधारण सेयर समेत गरी करिब ५० लाख कित्ता छ । करिब २२ प्रतिशतले सेयर मूल्य बढेको समृद्धि फाइनान्सको सेयर सप्लाई करिब ३३ लाख कित्ता मात्रै छ ।यता सेयर मूल्य घट्ने कम्पनीमा पनि गत साता मूल्य बढेका लघुवित्त कम्पनीको पर्चश्व छ । बुद्धभूमि हाइड्रोपावरको संस्थापक सेयरको लइकन नखुल्दा सेयर सप्लाई सीमित छ । जाल्पा सामुदायिक लघुवित्तको पनि सेयर सप्लाई कम छ भने यो किसान लघुवित्तसँग मर्जर हुँदैछ । जानकी फाइनान्स, लक्ष्मी लघुवित्त, हिमालयन लघुवित्त एक चरण मूल्य बढिसकेर करेक्सन आएका कम्पनी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?