आजपनि नेप्से परिसूचक ६.३७ ले बृद्धि

आजपनि नेप्से परिसूचक ६.३७ ले बृद्धि

अर्थ चौतारी

आजपनि नेप्से परिसूचक ६.३७ ले बृद्धि

A A- A+

काठमाडौंः साताको चौथो दिन (बुधवार) पनि नेप्से परिसूचक बढेको छ। बुधवार ६.३७ अंकले बढ्दै बजार २१२१.६२ को बिन्दुमा उक्लिएको छ।यस दिन समग्रमा ०.३० प्रतिशतले नेप्से बढेको छ। समूहगत सवइन्डेक्सहरुमा होटल तथा पर्यटन, हाइड्रो, ननलाइफ र व्यापारमा गिरावट देखिँदा अन्य सवइन्डेक्सहरुमा बृद्धि भयो। सबैभन्दा धेरै फाइनान्स सवइन्डेक्समा १.०७ प्रतिशतले उकालो लागेको छ।एकल अंकले बढेको नेप्सेमा कारोबारमा आएका २४७ कम्पनीमध्ये ११९ कम्पनीको मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ। समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्दा साधना लघुवित्त र ग्रिन लाइफ हाइड्रोको मूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ। नेप्से निरन्तर उकालोमा देखिँदा कारोबार रकम पनि उत्साहपूर्णरुपमा बढेको छ। नेप्सेमा केही साता यताकै उच्च कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?