काठमाडौं । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ ।
समुह चरणमा यसअघि भएका सबै पाँच खेलमा पराजित नेपाल आजको खेल जित्ने लक्ष्यमा रहेको छ । तर यसका लागि पछिल्लो सयम फितलो प्रदर्शन गर्दै आएको नेपाली टोलीको प्रदर्शनमा व्यापक सुधार आवश्यक छ ।
यमनसँगको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो । समुहमा सबै पाँच खेल जितेको युएईको १४ अंक छ भने बहराइनको १० अंक छ । यमनले चार अंक जोड्दा नेपाल भने अंकबिहीन रहेको छ । पाँच खेलमा १८ गोल खाएको नेपालले एक गोल पनि गर्न सकेको छैन ।
आजको खेल नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङका लागि एक सयौं खेल हो । चेम्जोङ नेपालको राष्ट्रिय फुटबल टोलीबाट एक सय खेल पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच