टी-२० विश्वकपअन्तर्गत समूह ‘बी’ मा स्कटल्यान्डले ओमानलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्डसँग हारेसँगै ओमान भने समूह चरणबाट अन्तिम खेल अगावै औपचारिक रूपमा बाहिरिएको छ।स्कटल्यान्डको जितले इंग्ल्यान्डसमेत समूह चरणबाटै बाहिरिने सम्भावना थप बढेको छ। समूह ‘बी’ मा ओमानलाई हराएसँगै स्कटल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। उसको ३ खेलबाट ५ अंक भएको छ। स्कटल्यान्डले नामिबिया र ओमानलाई हराउँदा इंग्ल्यान्डसँग वर्षाका कारण अंक बाँडेको छ। अस्ट्रेलिया दुई खेलमा अपराजित रहेको छ।अब इंग्ल्यान्ड अघिल्लो चरण प्रवेशको सम्भावनालाई कायम राख्न स्कटल्यान्ड अस्ट्रेलियासँगको अन्तिम खेलमा फराकिलो अन्तरले पारजित हुनु पर्ने छ भने इंग्ल्यान्डले बाँकी दुई खेलमा फराकिलो जित निकाल्नु पर्ने छ। अन्यथा इंग्ल्यान्डले बाँकी दुई खेल जित्दा अस्ट्रेलियाले बाँकी दुबै खेल हार्नु पर्ने छ। अस्ट्रेलियाले अब स्कटल्यान्ड र नामिबियासँग खेल्न बाँकी छ।आइतबार राति भएको खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्दै १ सय ५० रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य स्कटल्यान्डले ४१ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्याे।स्कटल्यान्डको फराकिलो जितमा ब्रानडन म्याकमुलेनले ६१ रनको विष्फोटक अविजित इनिङ खेले। उनले ३१ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै, जर्ज मुन्सेले ४१ रन बनाउँदा माइकल जोनेसले १६ तथा म्याथ्यु क्रसले १५ रन बनाएका थिए। कप्तान रिचाइ बेरिङटनले १३ रन बनाए।त्यसअघि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। उसका लागि प्रतिक अथभाले ५४ रन बनाउँदा आयान खानले ४१ रनको नटआउट इनिङ खेले। अनयको प्रदर्शन भने गतिलो रहेन। ओमानले अब अन्तिम खेलमा इंग्ल्यान्डको सामना गर्ने छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच