कैलालीमा बस र टिप्पर ठोक्किदा ६ जना घाइते

कैलालीमा बस र टिप्पर ठोक्किदा ६ जना घाइते

अर्थ चौतारी

कैलालीमा बस र टिप्पर ठोक्किदा ६ जना घाइते

A A- A+

धनगढी । कैलालीमा बस र टिप्पर ठोक्किदा ६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–४ मा रा १ ख २७३३ नम्बरको टिप्पर र ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहिबार दुर्घटनामा परी बसमा सवार ६ जना घाइते भएका छन् । घाईते हुनेमा बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहरा, गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, कैलारीकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की बर्ष २९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन चौधरी र एक जना भारतिय नागरिक ३२ वर्षीय सुरेश निगम जिल्ला प्रहरी कार्यलयका डिएसपी कबिन्द्र बोेहराले बताए । घाइते सबैको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । चालक चन्द्र बोहरा बाहेक अन्यको अवस्था सामान्य रहेको डिएसपी बोहराले बताए । घोडाघोडी नगरपालिका–५ का टिप्पर चालक २५ वर्षीय लालबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?