सुनिता डंगोलको प्रस्टीकरण : एमाले काठमाडौँ जिल्लाको पदाधिकारीमा मेरो दाबी छैन

सुनिता डंगोलको प्रस्टीकरण : एमाले काठमाडौँ जिल्लाको पदाधिकारीमा मेरो दाबी छैन

अर्थ चौतारी

सुनिता डंगोलको प्रस्टीकरण : एमाले काठमाडौँ जिल्लाको पदाधिकारीमा मेरो ...

A A- A+

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनबाट छनोट हुने नयाँ नेतृत्वका लागि कुनै पनि पदमा आफ्नो  दाबी नरहने बताएकी छन् । आइतबार विज्ञप्ति जारी गर्दै डङ्गोलले यस्तो बताएकी हुन् । ‘नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनको अहिले बन्द सत्र चलिरहेको छ । ५ सय ८५ प्रतिनिधिको उपस्थिति रहेको उक्त अधिवेशनले नयाँ नेतृत्व छनोट गर्दै सम्पन्न हुनेछ’, सुनिताले भनेकी छन्, ‘बन्द सत्र चलेसँगै नयाँ नेतृत्व छनोटको समेत प्रक्रिया चलिरहेका बेला विभिन्न सञ्चारमाध्ययमहरुले काठमाडौँ जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि मेरो पनि दाबी रहेको भन्दै समाचार प्रकाश तथा प्रसारण गरेको जानकारी प्राप्त भयो ।’उनले एउटै व्यक्तिले विभिन्न जिम्मेवारी लिएर पद ओगट्ने कुरा व्यवहारिक नभएकाले काठमाडौँ जिल्ला कमिटीको जारी अधिवेशनमा कुनै पनि पदका लागि दाबेदार बन्ने इच्छा नभएको जानकारी गराएकी छन् । ‘म स्वयम्को जानकारी विना प्रकाशित समाचारहरू सत्य नभएको पनि स्मरण गराउन चाहन्छु,’ डङ्गोलले विज्ञप्तिमा भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?