अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने

अर्थ चौतारी

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड रुपैयाँ ...

A A- A+

काठमाण्डाै – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।आईएमएफको एशिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले अर्थमन्त्री वर्षमान पुनसँग आज अर्थ मन्त्रालय भेटवार्ता गर्दै ५ अर्ब ५९ करोड रुपैयाँ ऋण उपलब्ध गराउने बताएको हो । कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउन लागेको हो ।आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई विस्तारित कर्जाअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्राे किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात् चौथो किस्ताबापत ५ अर्ब ५९ करोड अर्थात् ४२ मिलियन अमेरिकी डलर उपलब्ध गराउन बाँकी छ ।भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । मन्त्री पुनसँगको भेटमा डा. किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकासा गर्ने जानकारी दिनुभएको छ । उहाँले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?