नयाँ दिल्ली । भारतमा यस पटकको लोकसभाको निर्वाचनमा फिल्म क्षेत्रका कयौँ दिग्गज कलाकार र स्टारहरू पनि मैदानमा उत्रिएका छन् । कंगना रनौत र अरुण गोविलले भीआईपी सिटबाट चुनाव लडेका छन् । कंगना मन्डीबाट भाजपाकी उमेदवार हुन् भने अरुण गोविल मेरठबाट । मन्डीका जनतालाई कंगनालाई जिताएका छन् । टिभीमा रामायणका राम बनेका गोविलको निकै चर्चित छन् । तर चुनावी मैदानमा उनले अपेक्षा गरेजत्तिको माया पाएका छैनन् । मेरठमा उनी २० हजार मतले पछाडि छन् ।हेमा मालिनी, शत्रुघ्न सिन्हहा, पवन सिंह, निरहुआ पनि चुनावी मैदानमा छन् । भोजपुरी स्टार पवन सिंह र निरहुआ पनि फ्लप साबित भएका छन् । पवन सिंह ६२ हजार मतले पछाडि छन् भने निरहुवा ९१ हजार मतले पछाडि छन् । टीएमसीका नेता शत्रुघ्न सिन्हा आसनसोल सिटमा ४१ हजार सिटले अगाडि छन् । मथुरामा हेमा मालिनी जितको नजिक पुगेकी छिन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच