एनसीएचएलले गर्‍यो नेप्सलाई प्राप्ति, एकीकृत कारोबार सुरु

एनसीएचएलले गर्‍यो नेप्सलाई प्राप्ति, एकीकृत कारोबार सुरु

अर्थ चौतारी

एनसीएचएलले गर्‍यो नेप्सलाई प्राप्ति, एकीकृत कारोबार सुरु

A A- A+

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गरी एकीकृत कारोबार सुरुवातको घोषणा गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालक गाभ्ने÷गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो ।उक्त एकीकृत कारोबार घोषणाको कार्यक्रममा आदरणीय महाप्रसाद अधिकारी लगायतको सहभागिता थियो । यही वर्षको वैशाख १३ गते दुवै संस्थाहरूले आ–आफ्नो विशेष साधारण सभाबाट स्वीकृति प्राप्त गरेका थिए । आवश्यक सम्पूर्ण कानुनी र प्रक्रियागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृतिपछि उक्त प्राप्ति सम्बन्धीको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो । भुक्तानी तथा फर्छ्यौट विनियममा रहेको प्रावधान अनुसार डीडीए अडिटरले मूल्याङ्कन लगायत विभिन्न पक्षको समीक्षा सहितको प्रक्रिया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो । दुवै संस्थाहरू बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित भएकाले प्राप्ति पश्चात् पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेर बदल भएको छैन ।दुवै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथा विस्तार गर्ने उद्देश्य सहित आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका हुन् । नेप्सले विगत ११ वर्ष देखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तर आबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।प्राप्ति पछि नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको कार्ड तथा यस सम्बन्धी सम्पूर्ण सेवाहरूलाई निरन्तरता दिने बताइएको छ । प्राप्ति पछि एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ तथा कुल कोष १ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ ।यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरू न्यूनीकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरूलाई सुदृढ गर्न, नवीनतम अनुसन्धानका कार्यहरूमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?