काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ ।५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २७७ सिटमा अग्रता लिएको छ ।कांग्रेस नतृत्वको इण्डिया गठबन्धन २०५ सिटमा अगाडि छ । ४७ सिटमा अन्य अगाडि छन् ।भारतमा ७ चरणमा चुनाव भएको थियो । पहिलो चरणको मतदान १९ अप्रिलमा भएको थियो भने अन्तिम चरणमा १ जुनमा मतदान भएको थियो ।अहिले ५४३ मध्ये ५४२ सिटको मत गणना चलिरहेको छ । सुरत लोकसभा सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच