मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रचण्ड, रञ्जितालाई पर्यटनमन्त्री बनाउँदै

मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रचण्ड, रञ्जितालाई पर्यटनमन्त्री बनाउँदै

अर्थ चौतारी

मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रचण्ड, रञ्जितालाई पर्यटनमन्त्री बनाउँदै

A A- A+

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्। निकट स्रोतले दिएको जानकारी अनुसार, आगामी एक साताभित्र मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ। ‘एक हप्ताभित्र क्याबिनेट पुनर्गठन गर्ने प्रधानमन्त्रीले बताउनुभएको छ,’ स्रोतले दाबी गर्‍यो।प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत यसबारे छलफल अघि बढाएका छन्।  प्रचण्डले नाउपा नेतृत्वलाई समेत सरकारमा सहभागी हुने गरी तयारी थाल्न भनिसकेका छन्। नाउपालाई एक मन्त्री र अर्को राज्यमन्त्री दिने तयारी छ। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीले तयारी गरेको र आफ्नो पार्टीबाट दुई जना मन्त्रिपरिषद्‌मा सहभागी हुने जानकारी दिइन्। मन्त्रिपरिषद्‌मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लिएर सरकारमा सहभागी हुने पनि उनले बताइन्। मन्त्रालयको जिम्मेवारी अध्यक्ष श्रेष्ठ आफैँले लिनेछिन्। राज्यमन्त्रीको बारेमा भने पार्टीमा छलफल हुन बाँकी छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा अहिले माओवादी केन्द्रका हितबहादुर तामाङ छन्। प्रतिनिधि सभामा नाउपाका ४ सांसद छन्। यस्तै, सुदूरपश्चिम प्रदेश सभामा ७ र लुम्बिनी प्रदेशमा ४ सांसद छन्। पार्टीभित्र आन्तरिक विवाद हुँदा पनि नाउपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।एमाले–माओवादी गठबन्धन टुटेपछि नेपाली कांग्रेससँग गठबन्धन बनेको थियो। २०७९ चैत १७ गते नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?