प्योङयोङ । उत्तर कोरियाले दक्षिण कोरियामा फोहोर भरिएको बेलुन पठाउन बन्द गरेको छ । सीमावर्ती क्षेत्रमा फोहोरका सयौँ पोका पठाइसकेपछि सो कार्य बन्द गरिएको हो । ‘सीमापार फोहोरको थुप्रो पठाउने काम तत्काललाई रोकिने छ,’ उत्तर कोरियाका उपरक्षा मन्त्री किम काङ द्वितीयले भनेका छन् । बेलुनमा फोहोरको झोला राखेर उत्तरले दक्षिण कोरिया १५ टन फोहोर पठाएको एक विज्ञप्तिमा आइतबार उपरक्षामन्त्री किमले भनेका छन् ।यसलाई उनले दक्षिण कोरियाले वर्षौँदेखि गरिरहेको कार्यलाई जस्ताको तस्तै फर्काइएको भनेर भनेका छन् । उत्तर कोरियाको यस कदमालाई दक्षिण कोरियाका अधिकारीहरूले असह्य व्यवहार भनेका छन् । उत्तर कोरियाले बेलुनमा लिफलेट, प्रयोग गरिएका ट्वाइलेट पेपरलगायत वस्तु जस्ता फोहोर पठाएको र त्यसमा ‘हानिकारक तत्वहरु’ नभेटिएको बताइएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच