टी–२० विश्वकपमा लागू गर्ने भनिएको ‘स्टप क्लक’ नियम के हो ?

टी–२० विश्वकपमा लागू गर्ने भनिएको ‘स्टप क्लक’ नियम के हो ?

अर्थ चौतारी

टी–२० विश्वकपमा लागू गर्ने भनिएको ‘स्टप क्लक’ नियम के ...

A A- A+

काठमाडौँ । पछिल्लो समय क्रिकेटमा नयाँ–नयाँ नियम प्रयोगमा ल्याउन थालिएको छ । क्रिकेट खेललाई रोचक र समयानुकूल बनाउने उद्देश्यले नयाँ नियम लागू गरिनु आवश्यक पनि हुन्छ । हालै भारतमा सम्पन्न विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि ‘ईम्प्याक्ट प्लेयर’ को नियम लागू गरिएको थियो ।अहिले अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण भइरहेको छ । यो विश्वकपमा पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एउटा नयाँ नियम लागू गर्ने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ । यो विश्वकपमा आईसीसीले पहिलो पटक ‘स्टप क्लक’ नियम लागू गर्ने तयारी अगाडि बढाएको हो । आखिर के हो त स्टप क्लक नियम ? खासमा खेल निर्धारित समयभित्रै सकियोस् भन्ने उद्देश्यले यो नियम लागू गर्न खोजिएको हो ।यो नियम अनुसार, फिल्डिङ गर्ने पक्षले एक ओभर बलिङ गरिसकेपछि अर्को ओभर बलिङ सुरु गर्न ६० सेकेन्डका समय पाउँछ । अर्थात्, एउटा ओभर सकिएको ६० सेकेन्डभित्र अर्को बलरले आफ्नो पहिलो बल फाल्नु पर्ने हुन्छ । यसका लागि एउटा ओभर सकिए लगत्तै थर्ड अम्पायरले ६० सेकेन्डको समय निर्धारण गरेर घडीमा टाइमर सेट गर्छन् । जसले गर्दा खेलका क्रममा कुनै विवाद उत्पन्न हुने छैन । यदि फिल्डिङ गर्ने टोलीले एउटा ओभर सकिएको ६० सेकेन्डभित्र अर्को ओभर सुरु गर्न सकेन भने त्यसको सजाय भोग्नु पर्ने हुन्छ । यस्तो स्थितिमा ब्याटिङ गर्ने टोलीले अतिरिक्त रूपमा पाँच रन पाउने प्रावधान राखिने छ । तर, यसरी सजाय गर्नुअघि अम्पायरले फिल्डिङ गर्ने टोलीलाई दुईपटक भने चेतावनी दिनु पर्नेछ । दुईपटक चेतावनी दिँदा पनि फिल्डिङ गर्ने टोलीले तेस्रो पटक त्यही गल्ती दोहोर्‍याएमा ब्याटिङ गर्ने पक्षले अतिरिक्त रूपमा पाँच रन पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?