हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी–विरोध, उम्मेदवारका लागि दरखास्त दर्ता, प्रारम्भिक नामावली र उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ भने मतदान दिउँसो २ देखि ३ बजेसम्म हुने तालिका रहेको छ । मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरी आजै नतिजा सर्वाजनिक गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।
बागमती प्रदेश कांग्रेसमा गत शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेको दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । उक्त प्रस्तावमा मंगलबार भएको मतविभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो । अल्पमतमा परेपछि लामाले दलको नेता पद गुमाएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच