काठमाडौँ । नेकपा (माओवादी क्रान्तिकारी) का वरिष्ठ नेता सीपी गजुरेलले देशमा अझै जनगणतन्त्र नआएको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले वर्तमान गणतन्त्रलाई "बुर्जुवा" भन्दै कडा आलोचना गरे।
उनका अनुसार अहिलेको गणतन्त्र पुँजीपति, दलाल, नोकरशाही र उच्च वर्गको पक्षमा सीमित छ। “यो जनताको गणतन्त्र होइन,” गजुरेलले भने, “यो बुर्जुवा गणतन्त्र हो, जसले देश र जनताको अपेक्षा पुरा गर्न सक्दैन।” गजुरेलले पूर्व माओवादी शीर्ष नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र डा. बाबुराम भट्टराईले जनगणतन्त्रको आदर्शबाट विचलन भएर गद्दारी गरेको आरोप लगाए। “नेपाली कांग्रेसको एजेन्डामा हिँडेर उनीहरूले जनताको सपना मारे,” उनले दाबी गरे।
“हामी बुर्जुवा गणतन्त्रका लागि लडेका थिएनौँ,” गजुरेलले स्पष्ट पारे, “जनगणतन्त्र ल्याउने हाम्रो लक्ष्य थियो, तर गद्दारीले त्यो लक्ष्य अधुरै रहन पुग्यो।”
उनले अहिलेको व्यवस्था परिवर्तन होइन, सत्ताको अदल–बदल मात्र भएको बताए। “शासकको अनुहार फेरियो, तर शासनको चरित्र जस्ताको तस्तै छ,” उनको भनाइ थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच