मेक्सिको सिटी । अत्यधिक गर्मीका कारण दक्षिण मेक्सिकोका केही राज्यमा हाउलर बाँदरको मृत्यु भएको छ । गर्मीका कारण मेक्सिकोको चियापास, तबास्को, क्याम्पेचे र भेराक्रुजमा बाँदरको मृत्यु भएको मेक्सिकोको वातावरण विभागले जनाएको छ ।
हिट स्ट्रोकका कारण ती बाँदरको मृत्यु भएको विभागले जनाएको छ । बाँदर रहने स्थानमा भएको खडेरीले खोला र झरना सुक्दै जानु पनि बाँदरको मृत्युको कारणमध्ये एक मान्न सकिने जनाइएको छ ।
विभागले पछिल्लो तथ्यांक नदिए पनि यसअघि मे महिनाको सुरूदेखि १५७ बाँदर मरेको जनाइएको थियो । बाँदरको मृत्युबारे दुई साताअघि तोबास्कोमा वन्यजन्तुसम्बन्धी बायोलोजिस्ट तथा भेटनरियनले पहिलोपटक रिपोर्ट गरेका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच