काठमाडौँ महानगर : कक्षा ११ र १२ मा प्रदान गर्ने छात्रवृत्तिको अन्तिम नतिजा प्रकाशित

काठमाडौँ महानगर : कक्षा ११ र १२ मा प्रदान गर्ने छात्रवृत्तिको अन्तिम नतिजा प्रकाशित

अर्थ चौतारी

काठमाडौँ महानगर : कक्षा ११ र १२ मा प्रदान ...

A A- A+

काठमाडौँ। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि लिइएको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार बिहान ८ देखि १० बजेसम्म काठमाडौंका ५४ परीक्षा केन्द्रहरूमा सञ्चालन भएको परीक्षामा करिब १४ हजार १ सय ७३ विद्यार्थी सहभागी भएका थिए।

महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएर परीक्षामा सामेल हुने योग्यता पाएका थिए। परीक्षामा सहभागि भएकामध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण हुन न्यूनतम ४० अंक आवश्यक थियो।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान, अंग्रेजी (३०–३० प्रश्न) र सामान्य ज्ञान (१० प्रश्न) गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिएका थिए। उत्तरपुस्तिका ‘अप्टिकल मार्क रिकग्निसन’ (OMR) प्रणाली मार्फत स्वचालित रूपमा परीक्षण गरिएको थियो, जसले परिणामको पारदर्शिता र शुद्धता सुनिश्चित गरेको छ।

विद्यार्थीहरूले आफ्नो एसईईको सिम्बोल नम्बर, जन्म मिति, र प्राप्त पासवर्ड प्रयोग गरी काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट (https://kathmandu.gov.np/) मा गएर नतिजा हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्।

हाल महानगर अन्तर्गत रहेका १६० संस्थागत विद्यालयहरूमा करिब ४ हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन्। योग्य र उत्कृष्ट विद्यार्थीहरूको छनोट गरी ती सिटहरूमा भर्ना प्रक्रिया अघि बढाइने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?