काठमाडौं। चर्चित गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाबीच भएको सम्बन्धविच्छेदलाई महिनौं बितिसक्दा पनि सामाजिक संजालमा यसको चर्चा सेलाएको छैन। टिकटक, रिल्लस गायतका प्लेटफर्ममा अझै पनि उनीहरूबारे बनाइएका भिडियोहरू भाइरल भइरहेका छन्।
एलिनाले हालै सार्वजनिक गरेको तीज गीतमा प्रस्तुत भावनालाई धेरैले व्यक्तिगत जीवनसँग जोड्दै विविध व्याख्या गरेका छन्। सामाजिक संजालमा सक्रिय टिकटक प्रयोगकर्ताहरूले उक्त गीतको आधारमा एलिनाको वैवाहिक विगतलाई जोड्दै भिडियो बनाएका छन्। एलिनाले पछिल्ला अन्तर्वार्तामा पनि आफ्ना भोगाइहरू बाँडेकी छिन्। जसको केन्द्रबिन्दु सम्बन्धविच्छेदकै वरिपरि देखिन्छ।
यसबीच, एलिनाका पूर्वपति विष्णु सापकोटाले सामाजिक सञ्जालमार्फत एक लामो विज्ञप्ति जारी गर्दै आफ्ना पीडा सार्वजनिक गरेका छन्।
उनले लेखेका छन् :-
"हामी आपसी समझदारीमा छुट्टियौं, तर अहिले सामाजिक संजालमा भइरहेको हमला, चरित्र हत्या, धम्कीपूर्ण सन्देश र टिकटक भिडियोहरूले मेरो मानसिक स्वास्थ्य, परिवार र व्यवसायमा गम्भीर असर पारिरहेको छ।"
उनले स्पष्ट पारेका छन् कि नेपाल र अष्ट्रेलियामा कानूनी प्रक्रिया अगाडि बढाइसकेका छन्। साथै, सामाजिक सञ्जालमा पुनः पुनः पुराना कुराहरू उछालिनु अदालतको निर्णयमाथिको अपमान भएको पनि जनाएका छन्। सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न आग्रह गर्दै भनेका छन् :"कानुन सबैका लागि हो, न्यायको सही मार्ग पनि त्यही हो।"
उनले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्ति दाबी गर्दै कानूनी परामर्शको प्रक्रियामा आफू लागेको जनाएका छन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच