एकीकृत समाजवादीको उपमहासचिवमा मेटमणिसहित २० जनाको उम्मेदवारी (सूचीसहित)

एकीकृत समाजवादीको उपमहासचिवमा मेटमणिसहित २० जनाको उम्मेदवारी (सूचीसहित)

अर्थ चौतारी

एकीकृत समाजवादीको उपमहासचिवमा मेटमणिसहित २० जनाको उम्मेदवारी (सूचीसहित)

A A- A+

काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ । गत भदौ ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेसँगै निर्वाचन गरिएको छ ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मतिले चयन भएका थिए । २१ सदस्यी पदाधिकारीमा अब १८ पदमा निर्वाचनद्वारा टुङ्ग्याउन लागिएको छ ।

एकीकृत समाजवादीको ४ जना उपमहासचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ । उपमहासचिवमा लक्ष्मण केसी, रामचन्द्र यादव, रामकुमार भट्टराई, महेश रेग्मी, डा. देउमान सम्बाहाम्फे, नागेन्द्र प्रसाद चौधरी, मेटमणि चौधरी, अम्बरबहादुर थापा, राजेन्द्र कुमार राई, लक्ष्मण पौडेल, शत्रु्धन महतो, मदनकुमारी साह (गरिमा), हरिप्रसाद पराजुली, श्रीप्रसाद साह, जीवनराम श्रेष्ठ, परमानन्द भट्ट, मिना ज्ञावली (नेपाल), भविसोर पराजुली, गोमा विष्ट र भवानी खड्काले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?