भ्रष्टाचार प्रकरणमाथि पुनः छानविनको माग गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

भ्रष्टाचार प्रकरणमाथि पुनः छानविनको माग गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

अर्थ चौतारी

भ्रष्टाचार प्रकरणमाथि पुनः छानविनको माग गर्दै राप्रपाले बुझायो ज्ञापन ...

A A- A+

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ पुराना लगाएत सवै भ्रष्टाचार प्रकरणमाथि पुनः छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी पत्र बुझाएको छ ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले राजनीतिक नेतृत्व तहले उत्मुक्ति नपाउने गरि नयाँ पुराना लगाएत सवै भ्रष्टाचार प्रकरणमाथि पुनः छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी पत्र बुझाएको हो । केन्द्र, प्रदेश र स्थानीय तहका बिच भ्रष्टाचारका लागि प्रतिस्पर्धा जस्तो देखिएको राप्रपाको पत्रमा उल्लेख छ । त्यस्तै राप्रपाले ट्रान्सपरेन्सी इन्टरनेसनलको विभिन्न समयका प्रतिवेदनले नेपाल भ्रष्ट राष्ट्रहरूमा सूचीकृत हुनु सम्पूर्ण नेपालीहरूका लागि लज्जाको विषय भएको जिकिर गरेको छ ।

आयोगबाट भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका काम प्रशस्त भए पनि ठुला भ्रष्टाचारका काण्डहरू सुडान घोटाला, ललिता निवास, वाइड बडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेललगायतमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर परेको राप्रपा अध्यक्ष लिङ्देनले बताए ।

यसका कारण आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको उजुरीपत्रमा उल्लेख गरेको उनले बताए । यस्तै विगतको नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्ट लगायत निर्माण सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरूको अडियो प्रकरण नेपाल र नेपाली जनतालाई विश्व समुदायमा बदनाम गर्ने केही प्रतिनिधि घटना मात्र भएको राप्रपाले उल्लेख गरेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खरबौँ कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठुला भ्रष्टाचार काण्डहरूमा अनुसन्धान र कारबाहीका लागि भइरहेको ढिलासुस्ती र उदासीनतामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत उजुरी पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?