साहसी असई रामसिंह : जसले १३ वटा खच्चडको ज्यान बचाए

साहसी असई रामसिंह : जसले १३ वटा खच्चडको ज्यान बचाए

अर्थ चौतारी

साहसी असई रामसिंह : जसले १३ वटा खच्चडको ज्यान ...

A A- A+

अछाम । कर्णालीको पुलको लट्ठा चुटिएपछि पुल पार गर्दै गरेका मध्ये १३ वटा खच्चड पुलकै बिचमा अड्कियो । स्थानीय स्रोत साधन अभावले खच्चरको उद्धार सम्भव भएन ।तर इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाए । आज उहाँले गरेको कार्यको सबैले प्रशंसा गरेको छ ।लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भए पनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएको १३ वटा खच्चरको ज्यान बनाउन सफल भयो ।गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भयो । अछामको पञ्च देवल विनायक नगरपालिका ९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका ४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेको थियो ।उनको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चरको उद्धार भयो तर खच्चडलाई पुलबाट खोलामा फालिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार भयो भने दुई वटा खच्चडले पुल मरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?