चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइन्छ: मन्त्री भण्डारी

चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइन्छ: मन्त्री भण्डारी

अर्थ चौतारी

चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइन्छ: मन्त्री भण्डारी

A A- A+

कैलाली- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताएका छन्।प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले खासगरी राष्ट्रिय गौरवका आयोजना र अरु रणनितिक महत्वका पूर्वाधार क्षेत्रका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताए।मूल रुपमा यतिखेर बजेट कार्यान्वयनका जटिलता पहिल्याएर सरकार त्यसलाई कार्यान्वयन गर्ने योजना बनाएर अघि बढ्ने उनले बताए।मन्त्री भण्डारीले अहिले लगानीमैत्री वातावरण बनाउन नीतिगत रुपमा त्यसको निरुपण गरिएको र त्यो सम्भावना प्रचुर रहेको बताए।‘मैलै सम्हालेको मन्त्रालयमा पनि थुप्रै लगानीकर्तासँग निरन्तर रुपमा छलफल पनि भएको छ र लगानी सम्मेलनले त्यो खालको सम्भावनाको ढोका खोलेको छ,’ उनले भने,’अब सरकारले नितीगत रुपमा रहेका जटिलतालाई हटाउँदै जाने हो भने आन्तरिक तथा बाह्य लगानीका क्षेत्र विस्तार हुनेछन्।’उनले नेपालको जनशक्ति पलायन हुने समस्या समाधानका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिको क्षेत्रको उद्यमशिलतामा विशेषतः युवालाई सहभागी गराइने बताए। मुलतः कृषि, पर्यटन, आइटी क्षेत्र, उद्यमशिलता, स्वास्थ्य, शिक्षालाई विशेषतः सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?