काठमाडौं । म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरो गएको छ। सोहि पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज बेपत्ता रहेका स्रोतले जानकारी दिए ।
दिउँसो १२ बजेतिर घरनजिकैको पाखो बारीमा घाँसदाउरा गर्न गएका बाबुछोरा पहिरोमा परेको प्रहरीले जानकारी दिएको छ । पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु बगाएको छ ।
उनका अनुसार बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ । बुधबार नै म्याग्दीको धौलागिरिमा पहिरो खस्दा झन्डै १० मिनेट म्याग्दी नदी थुनिएको थुनिएको थियो ।
गएराति १० बजेदेखिको वर्षाले गएराति १० बजेदेखिको वर्षाले पहिरो खसेको उनले बताए । मनसुन सक्रिय भएसँगै जिल्लामा बाढी पहिरोका घटना बढेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच