उच्च सतर्कताका साथ विपद् व्यवस्थापनमा लाग्न मुख्यमन्त्रीको निर्देशन

उच्च सतर्कताका साथ विपद् व्यवस्थापनमा लाग्न मुख्यमन्त्रीको निर्देशन

अर्थ चौतारी

उच्च सतर्कताका साथ विपद् व्यवस्थापनमा लाग्न मुख्यमन्त्रीको निर्देशन

A A- A+

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो रातिदेखि परेको अबिरल वर्षाका कारण विपद्का समस्या उत्पन्न भएपछि सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालन हुन निर्देशन दिएका छन्।

लगातारको भारी वर्षाको कारण कैलाली, कञ्चनपुरलगायत आसपासका क्षेत्रहरू डुबानका साथै जलमग्न भएका छन्। मुख्यमन्त्री शाहले बाढीबाट डुबान हुनसक्ने भएकाले विपत्तिको समयमा सुरक्षित भइ बस्न सर्वसाधारण सबैमा अनुरोध गरेका छन्। अहिले मोहना नदीमा पानीले बाढीको सतह सतर्कता तह नाघेको छ। डुवानमा परेका केहीको उद्धार गरिएको छ।

जिल्लाको मोहना नदीमा बाढी बढ्दो क्रममा छ। उक्त नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले समेत अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?