सरकारका मन्त्रीहरू पद जोगाउन व्यस्त छन् : सांसद खड्का

सरकारका मन्त्रीहरू पद जोगाउन व्यस्त छन् : सांसद खड्का

अर्थ चौतारी

सरकारका मन्त्रीहरू पद जोगाउन व्यस्त छन् : सांसद खड्का

A A- A+

हेटौँडा । बागमती प्रदेशसभा सदस्य श्याम खड्काले सरकार र सरकारमा रहेका मन्त्रीहरूले नीति निर्माणमा भन्दा पद जोगाउनमा ध्यान दिने गरेको बताएका छन् । मन्त्रीहरू विषयगत क्षेत्रमा नीति निर्माण गरेर प्रदेशको समृद्धिका योजना निर्माणमा अग्रसर हुनुपर्नेमा पद जोगाउन व्यस्त रहेको उनले टिप्पणी गरे ।बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद खड्काले सरकारको नीति र कार्यक्रमसँग बजेट अनुकूल हुन नसकेको बताए । ठोस नीति अनुसारको कार्यक्रम अनुसारको बजेट तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए ।सरकारले लिएको नीति र कार्यक्रम नागरिक लक्षित हुन नसकेको उनले बताए । विषयगत क्षेत्रमा सरकारले ५ वर्षे नीति लिएर काम गर्नुपर्ने उनको भनाई छ । नीति नबनाई सरकारले आवश्यकताविहीन क्षेत्रमा बजेट लगानी गरिरहेको उनको भनाइ छ ।उनका अनुसार कृषि क्षेत्रको विकासका लागि सरकारको नीति तथा कार्यक्रममा वैज्ञानिक, व्यावसायिक तथा प्रविधियुक्त भनियो । तर, कृषि क्षेत्रको विकासमा स्पष्ट नीति नहुँदा उपलब्धि हासिल हुन सकेको छैन । सरकारले शिक्षा स्वास्थ्य, रोजगारी तथा पर्यटन क्षेत्रमा ५ वर्षे नीति निर्माण गरेर सो अनुसार कार्यक्रम बनाइ बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ ।‘सरकारले कृषि नीति नै नबनाई कृषिको योजना बनाएको देखिन्छ । नीति तथा कार्यक्रम विपरीत बजेटमा हालेर कुनै उपलब्धि हुँदैन । पाँच वर्षका लागि ठोस नीति निर्माण गरी सरकारले लगानी गर्न सके मात्र उपलब्धि हासिल हुनसक्छ ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?