१७ कात्तिकमा रुपन्देही-३ मा उपनिर्वाचन हुने

१७ कात्तिकमा रुपन्देही-३ मा उपनिर्वाचन हुने

अर्थ चौतारी

१७ कात्तिकमा रुपन्देही-३ मा उपनिर्वाचन हुने

A A- A+

काठमाडौँ। कात्तिक १७ मा रुपन्देही–३ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले केही निर्णय नभएको उनले बताए ।

उक्त क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि सो क्षेत्र खाली छ । निर्वाचन आयोगले सो क्षेत्रमा पनि उपनिर्वाचन गराउनुपर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?