काठमाडौं । उद्योगीले सिमेन्ट र डन्डीको भाउ घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ किलोको ५ रुपैयाँसम्म घटाएका हुन् । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको माग घटेको र उद्योगमा लोडसेडिङ पनि घटेका कारण भाउ घटेको बताए ।
‘उद्योगीले सिमेन्टमा प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म घटाए भन्ने आएको छ,’ उनले भने, ‘अहिले उद्योगमा लोडसेडिङ घटेको हुनाले उत्पादन लागत पनि घट्यो । त्यसैले भाउ घटाएका छन् ।’ यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टको मूल्य बढाउनुपरेको उद्योगीले बताउँदै आएका थिए । ।
अन्य समयको तुलनामा बर्खाका बेला निर्माण कार्य कम हुन्छ । निर्माण कार्य कम हुने हुँदा सिमेन्ट र डन्डीको माग पनि कम हुन्छ । माग कम भएपछि बर्खाको समयमा निर्माण सामग्रीको भाउ घट्ने गर्छ । बर्खा सकिएसँगै निर्माण कार्य सुरु हुने हुँदा त्यस समय यी सामग्रीको मूल्य बढ्दै जान्छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टमा १ सय रुपैयाँसम्म भाउ घटाइएको र डन्डीमा पनि प्रतिकिलो ५ रुपैयाँसम्म घटाइएको बताए ।
‘माग घटेको भएर भाउ घटेको हो, अहिले ओपीसी सिमेन्टको भाउ ६ सयदेखि ७ सय रुपैयाँको हाराहारी प्याकेट–प्याकेटको रेट छ,’ उनले भने, ‘डन्डीको भाउ पहिले प्रतिकिलो ९६ रुपैयाँ थियो । अहिले ८२ देखि ८५ रुपैयाँ भएको छ । यो मूल्य क्रमश: घट्दै आएको हो ।’ यस्तै उद्योगीले यसअघि भाउ बढाएर ओपीसी सिमेन्ट प्रतिबोरा ६ सय ७५ रुपैयाँदेखि ८ सय रुपैयाँसम्म र पीपीसी सिमेन्ट प्रतिबोरा ५ सय ५० रुपैयाँदेखि ६ सय ७५ रुपैयाँसम्म पुर्याएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच