काठमाडौँ । प्रमुख प्रतिपक्षी दलहरूले बजेट निर्माणको प्रक्रियागत त्रुटि भएको भन्दै आइतबार बसेको कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाले संयुक्त रूपमा संसदमा अवरोध सिर्जना गरेका हुन्।
बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बजेट निर्माणको प्रक्रिया नै अवैध रहेको र प्रदेश आर्थिक ऐन विपरीत बजेट प्रस्तुत गरिएको आरोप लगाए । उनले मन्त्रीहरू नै बिचौलियाको भूमिकामा रहेको र निर्णय गर्ने व्यक्ति नै निवेदक, प्रस्तावक भएर योजना हाल्ने काममा अग्रसर भएको उनको भनाइ छ ।
‘हिजो अरूले बिचौलियाको काम गर्थे, आज सरकार र मन्त्रीहरू आफैँ बिचौलियाको काम गरिरहेको पुष्टि हुन्छ ,’ उनले भने, ‘मन्त्री निवेदक हुने, अनि निर्णय पनि आफैँ गर्ने, डोजर पनि आफैँ चलाउने भयो । साथै उनले सरकारले नैतिकता गुमाइसकेको पनि बताए । ‘सरकारले कानुन विपरीत काम गरिरहेको छ,’ उनले भने, ‘यो बजेट नै ‘अवैध’ छ ।’ साथै बजेट प्रस्तुत हुनुअघि प्रस्तुत हुनुपर्ने चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत नगरेको भन्दै उनले प्रश्न उठाए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच