काठमाडौँ। भिजिट भिसा प्रकरणको छानविन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध जनाएका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।
रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशिम शाहलाई बोल्न समय दिनुभएको थियो । सांसद शाहले एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको र आफुहरुलाई यसको दर्शक बन्न बाध्य पारिएको बताए।
भिजिट भिसा काण्ड मानव तस्करी भएकाले यसको निष्पक्ष छानविन गर्नुपर्ने उनले धारणा राखे। शाहले सदन बहुमतको अंकगणितले मात्रै नभइ विवेक र नैतिकताले चल्नुपर्ने उल्लेख गरे।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले प्रतिपक्षीले निरन्तर उठाएका आवाजलाई सरकारले समाधान गर्न प्रयास गर्नुपर्ने उल्लेख गरे । उनले चैत्र १५ गते भएको घटनामा राज्यले नै दमन गरेको दोहराउदै उक्त घटनाको समेत छानविन हुनुपर्ने माग गरे। .
रास्वपा र राप्रपाको विरोधकाबीच सभामुख घिमिरेले सदनको कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदहरुले वेल घेराउ गर्दै विरोध जनाएका छन् भने राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेका छन् ।
यसैबीच आइतबार संसदमा बिनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच