काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकर र घुस लेनदेन मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले दोषी ठहर गरेका हुन् । उक्त मुद्दामा बस्नेतलाई शुक्रबार दोषी ठहर गरेको विशेष अदालतले सजाय निर्धारणका लागि अर्को पेसी तोक्न पनि आदेश दिएको छ ।
अदालतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको पनि ठहर गरेको छ। अदालतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष कँडेललाई पनि उक्त प्रकरणमा घुस लेनदेनमा दोषी ठहर गरेको छ । उनलाई अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा भने सफाइ दिएको छ ।
यस मुद्दामा मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने अदालतले सफाइ दिएको छ । उनले घुस लिएर खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिलमा संलग्न प्रमाणबाट पुष्टि हुन नआएकाले सफाइ पाउने निर्णय विशेषले दिएको छ ।
बस्नेतले गैरकानुनी रुपमा घुसवापद प्राप्त गरेको रकम र जग्गालाई आफ्नो नाममा सारेको पनि अदालतले ठहर गरेको छ । उक्त जग्गालाई कित्ताकाट गरि विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री गरि १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो बराबरको सम्पत्ति शुद्धिकरण गरेको पुष्टि भएकाले उनलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ (संशोधनसहित) को दफा ३ अनुसारको कसुर गरेको पनि विशेषले ठहर गरेको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच