बिर्तामोडमा महिलाको हत्या आरोपमा २ जना पक्राउ

बिर्तामोडमा महिलाको हत्या आरोपमा २ जना पक्राउ

अर्थ चौतारी

बिर्तामोडमा महिलाको हत्या आरोपमा २ जना पक्राउ

A A- A+

झापा । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजवंशी र महेश राजवंशीलाई पक्राउ गरेको हो । त्यसबारे विस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

वैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो ।

हत्याराको खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दाबी छ ।

घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए ।

वैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी हुन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत मात्र दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?