सुर्खेत: सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका(१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीले बताए ।
सुर्खेतमा जिप दुर्घटना स् ४ जनाको मृत्यु, २ घाइतेउनका अनुसार बिहीबार बिहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका(३ का नमराज विक, तन्त विका र उनका छोरा वीरेन्द्र विक छन् ।
दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र(९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका(३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच