चोरीको प्रयास भएको चिडियाखानाको एक मात्र रेडपाण्डा मर्‍यो

चोरीको प्रयास भएको चिडियाखानाको एक मात्र रेडपाण्डा मर्‍यो

अर्थ चौतारी

चोरीको प्रयास भएको चिडियाखानाको एक मात्र रेडपाण्डा मर्‍यो

A A- A+

काठमाडौँ। पटक पटक चोरीको प्रयास भएको वन्यजन्तु रेडपाण्डा मरेको छ। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट पटक पटक चोरीको प्रयास भएको रेडपाण्डा मरेको हो। शनिबार साढे १२ बजे उक्त रेड पाण्डा मरेको चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए।

उनका अनुसार एक सातादेखि बिरामी भएको रेडपान्डाले खानेकुराहरू कम खाइरहेको थियो। उपचारकै क्रममा क्रममा उसको मृत्यु भएको हो। 'बिरामी भएपछि औषधी खुवाइरहेका थियौं। सुधार नभइ मृत्यु भयो,' उनले भने, 'पोस्टमर्टम रिपोर्टले किड्नी फेल भएर मृत्यु भएको देखाएको छ।'

रेडपान्डालालाई चिडियाखाना र वन कार्यालयको चिकित्सकले हेरिरहे पनि बचाउन नसकिएको उनी बताउँछन्। शाहका अनुसार उक्त रेडपाण्डा ११ बर्ष बाँच्यो। उनीहरूको न्यूनतम ८ देखि १० वर्ष उमेर हुन्छ। उसको जोडीको गत वर्ष मृत्यु भएको थियो। एक्लै भएकाले पनि लामो समय बचाउन नसकिएको प्रमुख शाहले बताए।

उनका अनुसार वैशाख ३० गते राति १० बजेतिर रेडपान्डा चोरी गर्ने प्रयास भएको थियो। पहिलोपल्ट सफल नभएपछि त्यही दिन उनीहरूले दोस्रो प्रयास गरेको थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?