खाली खुट्टा हिँडेर काठमाडौँ आएका बोहरा पुगे प्रधानमन्त्री कार्यालय

खाली खुट्टा हिँडेर काठमाडौँ आएका बोहरा पुगे प्रधानमन्त्री कार्यालय

अर्थ चौतारी

खाली खुट्टा हिँडेर काठमाडौँ आएका बोहरा पुगे प्रधानमन्त्री कार्यालय

A A- A+

काठमाडौँ। अनियमितता र भ्रष्टाचार विरुद्ध खबरदारी अभियान चलाउदै सुर्खेतदेखि खाली खुट्टा काठमाडौं आएका नवराज बोहोरा प्रधानमन्त्री कार्यालय पुगेका छन्।

मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बोहराले ओलीसंग भेट गर्न नपाएपछि मुख्यसचिवलाई आफ्‌ना कुरा राखेका थिए ।

बोहरा सोमबार सुर्खेतबाट ३० दिनमा काठमाडौं आएर कलंकी बास बसेका थिए भने ३१ औं दिन मंगलबार सिंहदरबार पुगेका हुन्।

कर्णालीमा सुशासन निम्ती अनियमितता र भ्रष्टाचार बिरुद्ध जनचेतनामुलक अभियान सुरु गर्दै बोहरा जेठ ४ गते सुर्खेतबाट पैदल हिडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?