काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । हिजोदेखि निरन्तर सम्वादमा रहेका दाहालले आज प्रतिनिधिसभाको बैठक बस्नुअघि विपक्षी दलहरुको बैठक राखेका छन् । बैठक १२ बजे बस्ने बताईएको छ ।
संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति हुन लागेको बताईएको छ । तर, अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी दुई बुँदेमा सहमत भैसकेको छैन् । यो दुई बुँदे प्रस्ताव पनि माओवादीले अघि सारेको बताईन्छ । भिजिट भिसा प्रकरणको कारण सदन लगातार अवरुद्ध छ । सदनको अवरोध खुलाउनको लागि दलका शीर्ष नेताहरु पनि लगातार छलफल र भेटवार्तामा व्यस्त छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच