बैतडीको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा हुँदै

बैतडीको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा हुँदै

अर्थ चौतारी

बैतडीको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा हुँदै

A A- A+

बैतडी । दोगडाकेदार गाउँपालिकाले छ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरेकोे छ । गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखेको थियो । वडा नम्बर १ रिम र वडा नम्बर २ कमलपुरबाहेकका सबै वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।गाउँपालिकाले बनाएको कार्यविधिअनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, नियमितरूपमा चार पटक गर्भ जाँच गराएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की, जुका औषधि खाएको, पौष्टिक आहारका लागि परामर्श गरेको, एचआइभी जाँच गरेकोलगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको उनले बताए।गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले यो क्षेत्रमा बजेटको पनि विशेष व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए । आमा र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताए । गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?