काठमाडौँ । सरकारले गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको विषयमा छुट्टै ऐन ल्याउने तयारी गरेको छ। सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन्।
गृहमन्त्री लेखकका अनुसार परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण प्रक्रिया अगाडि बढिरहेको छ। “गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित हुने गरी नागरिकता सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी छ,” मन्त्री लेखकले बैठकमा भने।
उनले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता प्राप्त भएपछि सीमित अधिकार सुनिश्चित गर्ने प्रस्तावमा आधारित विधेयक बन्ने जनाए। "सम्पूर्ण राजनीतिक सहमतिमा आधारित भएर, गैरआवासीय नेपालीको भावना सम्बोधन गर्न यो विधेयक महत्त्वपूर्ण हुनेछ," उनले स्पष्ट पारे।
साथै मन्त्री लेखकले गोर्खा सैनिकका समस्याबारे नागरिकता ऐन २०६३ लाई संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याए। यद्यपि, उनले गोर्खा सैनिकका धेरैजसो माग संविधानसँग सम्बन्धित रहेको उल्लेख गर्दै भने, “यी मागहरूको समाधान ऐनमा होइन, संविधानमै सम्भव छ।”
उनले ऐनकै कारण समस्या समाधान हुने भन्नेमा सांसदहरूबीच एकमत नदेखिएको र त्यसैले संविधानका प्रावधान पुनरावलोकन गर्नुपर्नेमा जोड दिए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच