छानबिन समिति बनाउने समझदारी गरेर सदन खोल्ने तयारी, देउवासँग राम्रो कुरा भएको प्रचण्डको ब्रिफिङ

छानबिन समिति बनाउने समझदारी गरेर सदन खोल्ने तयारी, देउवासँग राम्रो कुरा भएको प्रचण्डको ब्रिफिङ

अर्थ चौतारी

छानबिन समिति बनाउने समझदारी गरेर सदन खोल्ने तयारी, देउवासँग ...

A A- A+

काठमाडौं । भिजिट भिसा प्रकरणले जारी रहेको सदनको अवरोध खुल्ने भएको छ । विपक्षीहरुले यस प्रकरणमा सत्तापक्षबाट छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त भए सदन खोल्न सहयोग गर्ने निश्कर्ष निकालेका छन् ।

विपक्षी दलका नेता पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो राम्रो छलफल भएकोले सदनको अवरोध खोल्नको लागि छानबिन समितिको प्रतिबद्धता भए सहयोग गर्ने ब्रिफिङ गरेका हुन् । बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकमा प्रचण्डले सदनको अवरोध खोल्नेगरि लचक हुने संकेत गरेका थिए ।

उनले आफूले हिजो (शनिबार) देउवासँग गरेको भेटवार्ताको समेत ब्रिफ गरेका थिए । देउवासँगको भेट सकारात्मक भएकोले र राजनीतिक कोर्सको लागि पनि सदनको अवरोध खुलाउन सहयोग गर्नुपर्ने मत राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?