समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थ चौतारी

समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख फिर्ता गराउने ...

A A- A+

काठमाडौँ-अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन््।पोस्ट बजेट अन्तरकृयामा बुधबार मन्त्री पुनले सहकारीका सञ्चालक,एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए। यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ।‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ,’ उनले भने, ‘सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो।’आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उनले आश्वासन दिएका छन्। समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?