काठमाडौँ। आफूहरूको सदाशयताले मात्रै पूर्वराजा ज्ञानेन्द्रले देशमा बस्न पाएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिप्पणी गरेका छन् । सोमबार बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले २०६२/६३ को जनआन्दोलनको उत्कर्ष सम्झिँदै यस्तो बताएका हुन् ।
‘दोस्रो जनआन्दोलन केही दिन मात्रै निरन्तर चलेको भए पूर्वराजा ज्ञानेन्द्र देश नै छोडेर भाग्नुपर्थ्यो । तर हामीले सदाशयता देखायौं,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसका एक पदाधिकारीले भने, ‘अहिले फेरि ज्ञानेन्द्र नारायणहिटीमा पस्न खोज्दैछन् । त्यो कुनै हालतमा सम्भव छैन । संविधानले पनि चिन्दैन । फेरि लोभ गर्न थाले भने राम्रो हुँदैन ।’
राजावादीलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार रहेको भन्दै देउवाले संविधान र व्यवस्था मास्ने कुरा उचित नभएको बताएका थिए । अहिलेको भन्दा उन्नत व्यवस्था अर्को नभएको भन्दै देउवाले गणतन्त्रको पक्षमा काठमाडौं र प्रमुख शहरमा जागरणसभाका कार्यक्रम गरेर जानुपर्ने बताएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच