आलमलाई सफाई दिने न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै बिर्सिने छैनन् : श्रेष्ठ

आलमलाई सफाई दिने न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै बिर्सिने छैनन् : श्रेष्ठ

अर्थ चौतारी

आलमलाई सफाई दिने न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै बिर्सिने छैनन् ...

A A- A+

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले अफताब आलमलगायतलाई सफाई दिने न्यायालयको निर्णय इतिहासमा कलंकको रुपमा दर्ज भएको टिप्पणी गरेका छन् ।

उनले यसरी कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने बहादुर न्यायाधीहरुलाई नेपाली जनताले कहिल्यै नबिर्सिने पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–

हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने ूबहादुर ू न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा निर्दोष बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही , रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?