काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री डा विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।
अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएसँगै कानुनी हिसाबले समेत उनलाई गभर्नर बन्ने बाटो खुला भएको हो । राजनीतिक रूपमा यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।
यसअघि दरपिठको निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताद्वयले सोमबार इजलासमा निवेदन पेस गरेका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच