प्रधानमन्त्री ओली भन्छन् : विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्ण छ

प्रधानमन्त्री ओली भन्छन् : विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्ण छ

अर्थ चौतारी

प्रधानमन्त्री ओली भन्छन् : विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व ...

A A- A+

काठमाडौँ ।  विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको  प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्। बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।  उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने धारणा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारत–पाकिस्तान बीचको द्वन्द्व नेपालसहित अन्तरराष्ट्रिय जगतको अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणामस्वरुप युद्ध राकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुसी व्यक्त गरे । केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसङ्ग उल्लेख गर्दै उनले तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवाद समेत दिए ।

“हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरुसँग पनि कुरा गर्यौ । उहाँहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो”, प्रधानमन्त्री ओलीले भने । बुद्धको शान्तिको सन्देशको आवश्यकता जहिले र जहाँपनि रहेको उनको भनाइ थियो ।

“बुद्धको सन्देशको महत्व व्यक्तिको मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि र हरेक ठाउँमा उत्तिकै छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । विश्वमा युद्ध होडबाजिका नाममा ठूलो सङ्ख्यामा हतियार निर्माण गर्ने र थुप्रो लगाउने काम भइरहेको उल्लेख गर्दै उहाँले यो विश्वको मानव अस्तित्वका लागि खतरनाक विषय भएको बताउनुभयो । यस खालका खतरनाक चिजबाट उन्मूक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा उभिनुपर्ने उनले उल्लेख गरे  ।

बुद्धको जन्मथलोको विकासमा योगदान गर्नुहुने सबैलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुप्रति आभार व्यक्त गर्नुभयो । लुम्बिनीको विकासका लागि गुरुयोजना निर्माण गरेर विशेष योगदान पु¥याउने प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै उहाँले गुरुयोजना पूरा गर्न अझै बाँकी रहेको र सरकारले गुरुयोजना सकेसम्म छिट्टै सम्पन्न गर्नेतर्फ ध्यान दिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?